नेपालमा पहिलो पटक फुड रियालिटी टिभी शो हुने भएको छ । शोको निर्माण धर्म पिक्चर्सले गर्न लागेको हो । निर्माता तथा Creative Director धर्मराज पाण्डेका अनुसार नेपालमा यस्तो कार्यक्रमको अत्यन्तै जरुरि भएको र यो कार्यक्रम नेपालि पाककला, खाना सँस्कृति, खानाको विकास तथा नेपालको पाक-पर्यटन समेतको विस्तारको लागी एउटा benchmark सावित हुने छ ।
शेफ नेपाल शोको सुरुवाती समयमा कार्यकारी निर्माताको रुपमा नायिका प्रियंका कार्की समेत रहनु भएको थियो । निश्चित समय पछी प्रियंका कार्किको उपस्थिती भने रहेको छैन । शोको निर्माण कार्यमा सो चे भन्दा धेरै सयम लागेको तथा परिवर्तित समय तालिकाम नायिका प्रियंका कार्किको समय नमिलेकोले शोमा उहाँलाई देख्न नपाईएको हो ।
कार्यक्रमको निर्णायक मण्डली या शेफ जजका रुपमा बिबिसी मास्टरशेफ प्रोफेशनल २०२० का उप-बिजेता तथा बिबिसी मास्टरशेफ प्रोफेशनल रिम्याच २०२१ का बिजेता शेफ सन्तोष शाह, थाइ खानाका पारखी एवं कर्पोरेट शेफ गणेश ढकाल र नेपाली खानाका अनुसन्धानकर्ता भान्से लक्ष्मण भण्डारी रहनु भएको छ ।
कुल २० भागमा प्रशारण हुने यो नेपालकै पहिलो Culinari Reality Show नेपालकै नम्वर १ मा रहेको कान्तिपुर टिभिबाट प्रशारण हुने भएको छ । तयारी क्रममा हिमालयन टिभिबाट प्रशारण हुने भनिएता पनि अन्त्यमा गएर शोले नेपालकै उत्कृष्ट प्रशारण प्लेटफर्म प्राप्त गरेको छ ।
नेपालभरबाट अनलाईन प्लेटफर्मद्वारा प्राप्त हजारौं आवेदनहरु मध्य उत्कृष्ट १०० प्रतिश्पर्धिहरु यस शोमा प्रतिश्पर्धा गर्दै छन् । प्रथम २ भागमा प्रत्यक्ष अडिसन हुने छ भने सो अडिसनबाट सर्बोत्कृष्ट २४ छनोट गरी प्रतिश्पर्धा अघी बढ्ने छ । देशमा पहिलो पल्ट हुने लागेको यो कार्यक्रम अत्यन्तै महत्वपूर्ण एवं राष्ट्र्कै निमित्त कोसेढुङोको रुपमा स्थापित हुने छ भन्ने आशा शेफ नेपाल टिमले लिएको छ । बाँकी आगामी दिनहरुले नै उजागर गर्दै जाने छ, प्रतिक्षा गरौं ।
Author:
Chef Nepal Team